गोकर्णेश्वर नगरपालिका ८ मा ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रम शिबिर संचालन

 

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले  वडा नम्बर ८ का विभिन्न  स्थानमा ब्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा कार्यक्रम तथा गुनासो सुनुवाइ  दर्ता शिबिर संचालनमा ल्याएको   छ।यहि जेठ १३ गते देखि २४ गतेसम्म हुने शिबिरमा प्रत्यक्ष लाभ लिन सकिने वडा सचिब सुदिप हमालले बताएको छ। पहिलो चरणमा आज १३ गते देखि आउदो१६ गतेसम्म गोकर्णेश्वर नगरपालिकाअगाडी  छहारीक्लबमा शिबिर संचालन भइरहेको छ भने १७ गतेदेखी २० गतेसम्म महाङ्काल भैरब सामुदायिक भवनमा शिबिर संचालन हुने छ।त्यस्तै २१ गतेदेखि २४ गतेसम्म नबिल फुडल्यान्ड राधाकृष्ण मन्दिरमा शिबिर संचालन हुने वडा अध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिए।

धेरै पढिएको

ताजा समाचार